Actress Rekha Thapa has officially made her debut in theatre with the play ‘Meera’, which opened as the inaugural performance at the newly launched Kantipur Theatre, operated by Kantipur Film Academy.
The play, based on Deepak Sinjali’s novel Meera, tells the compelling story of a woman’s rebellion against rigid family and societal norms. The theatrical adaptation and direction were handled by Sundar Dhital, and the production was led by Ramesh Puri.
Kantipur Film Academy had laid the foundation stone for its own dedicated theatre space at Naxal, Gairidhara, just last month, with veteran actor Rajesh Hamal inaugurating the project.
‘Meera’ was selected as the theatre’s first staged play and officially premiered on May 29. Since its opening, the play has been performed regularly to a full house, drawing praise for its powerful performances and thematic depth.
The cast includes Rekha Thapa in the lead, supported by Bishal Pahari, Binda Khatiwada, Bishal Devkota, Geet Bista, Doresh Khatiwada, Unnat Upreti, and Sunil Khadka.
Kantipur Theatre aims to be a vibrant platform for theatrical arts, offering a space for regular performances, training, and the promotion of Nepali stage culture.
नेपाली फिल्म क्षेत्रकी चर्चित अभिनेत्री रेखा थापाले आफ्नो अभिनय यात्रा अब रंगमञ्चमा पनि विस्तार गरेकी छन्। उनी अभिनीत पहिलो नाटक ‘मीरा’ को मञ्चन असार २ गते, सोमबार सुरु भइसकेको छ।
कान्तिपुर फिल्म एकेडेमीद्वारा स्थापना गरिएको नयाँ ‘कान्तिपुर थियटर’, नक्साल गैह्रिधारामा अवस्थित यो स्थलको उद्घाटन पनि सोही दिन सम्पन्न भएको हो। थियटरको सुरुवाती कार्यक्रममा मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य प्रमुख अतिथिका रूपमा उपस्थित थिए।
सुन्दर धितालद्वारा परिकल्पना र निर्देशन गरिएको यो नाटक दीपक सिञ्जाली को उपन्यासमा आधारित हो। नाटकका निर्माता रमेश पुरी हुन्।
‘मीरा’ मा रेखा थापासँगै विशाल पहारी, बिन्दा खतिवडा, विशाल देवकोटा, गीत विष्ट, डोरेश खतिवडा, उन्नत उप्रेती र सुनिल खड्का को अभिनय देख्न सकिन्छ। कलाकारहरूको भावनात्मक प्रस्तुति र गहिरो संवादले नाटकलाई थप प्रभावशाली बनाएको छ।
नाटक बुधबार बाहेक हरेक दिन, असार ७ गतेसम्म नियमित रूपमा साँझ ५:३० बजे मञ्चन हुँदैछ।
कान्तिपुर थियटरले नियमित नाटक प्रस्तुतिसँगै अभिनय, निर्देशन र रंगमञ्चसँग सम्बन्धित विभिन्न कार्यक्रम तथा तालिममार्फत नेपाली रंगमञ्चको क्षेत्रलाई थप बलियो बनाउने लक्ष्य लिएको छ।
कान्तिपुर फिल्म एकेडेमीले निर्माण गरेको सिरिज ‘मिस स्कारलेट’को टिजर सार्वजनिक भएको छ । मनोवैज्ञानिक थ्रिलर सिरिजको पहिलो सिजन चार एपिसोडको हुने जनाइएको छ । सिरिजलाई दर्शकले नेपाली, हिन्दी र अंग्रेजी भाषामा हेर्न पाउने भएका छन् ।
वीरगञ्जमा छायांकन गरिएको सिरिजका लेखक तथा निर्देशक बलिराम चौहान हुन् । सिरिजमा गीत विष्ट, कुल श्रेष्ठ, कमल ओझा, आलिसा बास्तोला, कपिल रसाइली, सबी थापा, सुमित्रा अधिकारी, दिलीप नेपालको अभिनय छ ।
प्रकाश पुरी क्रिएटिभ प्रोड्युसर रहेको सिरिजमा शेरबहादुर तामाङको छायांकन छ । यसै सिरिजबाट गीत, कुल र कमलले डेब्यु गरेका हुन् । नेपालको लागि तयार पारिएको यो सिरिज ओटीटी प्लेटफर्म कान्तिपुर सिनेमाजबाट भदौ महिनामा रिलिज गरिनेछ । अन्तर्राष्ट्रिय ओटीटी प्लेटफर्ममा पनि हिन्दी र अंग्रेजी भाषामा रिलिज हुनेछ ।
कान्तिपुर एकेडेमीले यो प्लेटफर्म सार्वजनिक गर्ने तयारी गरिरहेको छ । विश्वभरबाट जुनसुकै डिभाइसमा पनि अनलाइन सब्सक्रिप्सन लिएर हेर्न सिरिज हेर्न मिल्ने बताइएको छ ।
सार्वजनिक टिजर हेर्दा सिरिजको कास्टिङ र लाइनअप पनि बलियो देख्न सकिन्छ । सुरुवातको चरणमा न्यूनतम ४८ घण्टाको प्रिमियम कन्टेन्टबाट प्लेटफर्म सार्वजनिक गरिने र केही दिनमै प्लेटफर्मको औपचारिक घोषणा गर्ने कान्तिपुर सिनेमाजको योजना छ ।
फिल्मको लागि विश्व बजारमा आम्दानीको अर्को गतिलो स्रोत ओटिटी प्लेटफर्म नै हो । फिल्म हलमा गएर फिल्म हेर्ने भन्दा नेट्फ्लिक्स, अम्याजोन प्राईमलगायत विश्वका ठुला ओटिटीको सब्सक्रिप्सन लिएका दर्शक धेरै छन । यसको अभाव नेपालमा नखड्केको पक्कै हैन । सँगैमा भारतमा मात्रै हिन्दी दर्शक र फिल्म मेकरको लागि ४० वटा भन्दा धेरै ओटिटी प्लेटफर्महरु सक्रिय छन् । जसले आर्ट कन्टेन्टसँगै फिक्सन कमर्सियल कथामा धेरै सिरीज, सर्ट, फिचर, डकुमेन्ट्री लगायतका फिल्महरु बनाएर दर्शकको लागी नयाँ स्टोरी र मेकरको लागि नयाँ प्लाटफर्मको बजार बनाईरहेका छन ।
नेपालमा पनि केही ओटिटीहरु देखिए तर आफ्नै ओरिजीनल कन्टेन्टहरु बनाउन नसक्दा हलमा फ्लप भएका र युट्युबमा आउने बासी कन्टेन्टहरुमा भर पर्नाले नेपाली दर्शकहरुलाई ओटिटीमा गएर भिडियो कन्टेन्ट हेराउने बानी बसाउन सकिएको छैन । यही बिचमा विश्वभर रहेका नेपाली दर्शक र नेपाली ओरिजीन कन्टेन्टलाई फोकस गर्दै कान्तिपुर फिल्म एकेडेमीले आफ्नै नेपाली ओटिटी प्लेटफर्म कान्तिपुर सिनेमाज ल्याउँदैछ ।
कान्तिपुर फिल्म एकेडेमीका सिईओ प्रकाश पुरीको अग्रसरता र पहलमा आउन लागेको कान्तिपुर सिनेमाजको लागि अहिले कान्तिपुरले विभिन्न जनरामा आफ्नै ओरिजीनल फिल्म र सिरिजहरु बनाउँदै गरेको र हाल पोस्ट प्रोडक्सनको अन्तिम चरणमा रहेको बुझिएको छ । भर्खरै मात्रै उक्त प्लेटफर्मको लागि आठ एपीसोडको सिरिज ‘ब्रह्माण्ड’ र ४ एपीसोडको सिरीज ‘मिस स्कार्लेट’कोे सुटिङ सकिएको थियो । उक्त सिरीजहरुको कास्टिङ र लाईन अप हेर्दा पनि नेपाली ओटिटीको लेभल र कन्टेन्टहरुको गुणस्तर राम्रै हुने अनुमान गर्न सकिन्छ ।
विश्व भरिबाट जुनसुकै डिभाईसमा पनि अनलाईन सब्सक्रिप्सन लिएर हेर्न मिल्ने बताईएको उक्त प्लेटफर्मको भारतको एउटा ठुलो कम्पनीसँग कन्टेन्ट शेयरिङमा टाइअप हुन लागेको बुझिएको छ । उक्त प्लेटफर्मको बारेमा सिनेमाजका ईनिसीएटर प्रकाश पुरीसँग बुझ्दा उनले ५ वर्षदेखि नेपाली ओटिटी प्लेटफर्म तयार गर्नको लागि यसको कन्टेन्ट मेकिङमा काम भईरहको र अहिले परीक्षणको फेजमा रहेको पुष्टी गरे ।
ईनिसीयल फेजमा न्युनतम ४८ घण्टाको प्रिमीयम कन्टेन्टबाट प्लेटफर्म सार्वजनिक गरिने र सबै कुराको तयारी पश्चात केही समय मै प्लेटफर्मको औपचारिक रुपमा घोषणा गर्ने कान्तिपुर सिनेमाजको योजना छ ।
यदि यसरी ठुलो स्केलमा नेपाली ओटिटी प्लेटफर्म आएको खण्डमा नेपाली फिल्म मेकरको लागि पनि आम्दानीको एउटा राम्रो नयाँ श्रोत हुनसक्छ । सँगै ईन्डीपेन्डेन्ट कन्टेन्ट मेकरको लागि पनि नयाँ र मौलिक कथा भन्ने एउटा राम्रो अवसर हुन सक्छ ।
कान्तिपुर फिल्म एकेडेमी, काठमाडौं र टोपी स्टुडियोज पोखराले बनाउन लागेको नेपाली सिरिज ‘ब्रह्माण्ड’ को आज(मंगलबार) पोखरास्थित गुप्तेश्वर महादेवमा मुहूर्त गरी छायांकन शुरु गरिएको छ ।
फिल्म पढाउने स्कुल कान्तिपुर फिल्म एकेडेमीले नेपालमा बन्ने सिरिजहरूको स्केलमै सबैभन्दा ठूलो सिरिज निर्माण गर्दैछ । ओटीटी प्लेटफर्मको लागि अन्तर्राष्ट्रिय मापदण्ड पुरा गर्दै बन्न लागेको यो सिरिजमा नेपालका नाम चलेका कलाकारहरूको अभिनय रहने छ ।
रियाज नाटक्कारको निर्देशन र सागरराज आचार्यको कार्यकारी निर्माण रहने सिरिजको फूल लेन्थ ८ घण्टाको हुनेछ र यसलाई ८ एपिसोडमा निर्माण गरिनेछ ।
सिरिजमा सुनिल थापा, भोलाराज सापकोटा, राजन खतिवडा, सरिता गिरी, माओत्से गुरुङ, सुरज बिस्टसँगै कान्तिपुर फिल्म एकेडेमीका कलाकारहरू सुप्रज्ञा शर्मा र सञ्जय ढुङ्गानाको अभिनय रहनेछ । सिरिजमा सुप्रज्ञा र सञ्जयको डेब्यू अभिनय हो ।
सम्भवत कलाकाहरुको यो लाईनअप हेर्दा नेपाली प्रोडक्सनमा यो नेपालको अहिले सम्म कै ह्याभी वेट सिरिज बन्ने छ । विश्व बजारमा दर्शकहरूको फिल्मको टेस्ट र नेपाली फिल्मको नयाँ दर्शक खोज्ने बहस चलिरहेको बेलामा कान्तिपुर फिल्म एकेडेमीले सुरुवात गरेको यो पहल यदि सफल भएमा नेपाली फिल्म र फिल्म मेकरको लागि यो नयाँ बजार र दर्शक बनाउने अवसर पक्कै हुनेछ ।
सिरिजमा पुरुषोत्तम प्रधानको छायांकन हुनेछ । प्रधानले ‘लुट’, ‘कबड्डी’, ‘छक्का पन्जा’, ‘दासढुंगा’, ‘उमा’, ‘नाई नभन्नु ल’लगायत ६० वटा भन्दा बढी व्यावसायिकसफल र अवार्ड विजेता फिल्मको छायांकन गरेका छन् । पुरुषोत्तम नयाँ कथा, नयाँ निर्देशक र नयाँ प्रस्तुतीकरणका फिल्ममा काम गर्न रुचाउँछन् ।
एकेडेमीका सिइओ र सिरिजका क्रिएटिभ प्रोड्युसर प्रकाश पुरीले कलाकार अर्पण थापाले यही सिरिजबाट ओटीटी डेब्यू गर्न लागेको खुलाए ।
सबै सिरिजहरू नेपाली भाषामा कान्तिपुर फिल्म एकेडेमीको आफ्नै प्लाट्फर्मसँगै भारतको एक ठूलो ओटीटी प्लाट्फर्मबाट पनि हिन्दी भाषामा प्रदर्शन हुने सहमति भएको छ ।
एकेडेमीले केही समयअघि वीरगन्जमा ‘मिस स्कार्लेट’ नामको सिरिज निर्माण गरेको थियो । साइको थ्रीलर भनिएको ‘मिस स्कार्लेट’ को अहिले पोस्ट प्रोडक्सन भइरहेको छ ।
पोखरा भ्वाइस सम्वाददाता, फागुन १० गते, कान्तिपुर फिल्म एकेडेमीले निर्माण गर्न लागेको सिरीज “ब्रम्हाण्ड” को आज पोखरा स्थित टोपी स्टुडियोज” मा अडिसन सम्पन्न भएको छ ।
यही फागुन अन्तिम साताबाट पोखरा मै छायाकंन हुन लागेको सिरीजको लागी अडिसन दिन आज ५० जना भन्दा बढी पोख्रेली कलाकारहरु स्टुडियोमा पुगेका थिए ।
पछील्लो समय युवा पुस्ताहरुको ओटीटी प्लाटफर्मका कन्टेन्टहरु र सिरीजहरुमा चासो बढेको पाईएकोले पनी सिरीज निर्माणमा हात हाल्न लागेको टोपी स्टुडियोज का सागर राज आचार्यले जानकारी गराए । पोखरा कै स्कृप्टराईटर रियाज नाटककारको स्कृप्टमा कान्तिपुर फिल्म एकेडेमी र टोपी स्टुडियोज मीलेर निर्माण गर्न लागको ब्रम्हाण्डको पहीलो सिजनमा ८ एपीसोड हुने र हरेक एपीसोड ५० मीनेटको हुने आचार्यले बताए ।
पोखरा मै रहेर नाटक र फिल्महरुमा पनी काम गरिसकेका थुप्रै पोख्रेली कलाकारहरु अडिसनमा सहभागी भएका थिए । २ वटा सेड्युलमा छायांकन सुरु गरिने “ब्रम्हाण्ड” को लागी मुख्य भुमीका कै लागी मात्रै २७ जना क्यारेक्टर चाहीने र केही मुख्य कलाकारहरु काठमाण्डौको अडिसनबाट छानीएको र बाँकी पोखरा बाटै छानीने कान्तिपुर फिल्म एकेडेमीका सिईओ प्रकाश पुरीले बताए ।
काठमाण्डौको अडिसनबाट सिरीजको मुख्य भुमीकामा राजन खतिवडा, अनुपम शर्मा, सुरज विष्ट, सुप्रज्ञा शर्मा, प्रविन ज्ञवाली लगायतका कलाकारहरु फाईनल भईसकेका छन ।
सोसल सस्पेन्स सिरीज ब्रम्हाण्ड का निर्देशक रविन आचार्य हुन । डाईङ क्यान्डेल लगायत थुप्रै अवार्ड विनीङ फिल्महरुमा डिओपी गरीसकेका आचार्यको यो पहीलो डिरेक्टीरियल डेब्यु हो । यस सिरीजलाई यही आउने बैखाश पछी टेलिभीजन र ओटीटी प्लाटफर्मको माध्यमबाट रिलीज गरीने बताईएको छ ।
भर्खरै मात्रै कान्तिपुर फिल्म एकेडेमीले बिरगंजमा अर्को सिरीज “मीस स्कार्लेट” को छायांकन सकाएको थियो । मीस स्कार्लेट र ब्रम्हाण्ड सँगै एकेडेमीले अन्य ४ वटा बिग बजेट नेपाली सिरीजहरु बनाउन लागेको बुझीएको छ । यि सिरीजहरुलाई ईन्टरनेश्नल प्लाटफर्म सम्म लैजाने उदेश्य रहेको र त्यही अनुसार क्वालीटी र सब्जेक्ट सेलेक्सनमा ध्यान दिईएको कान्तिपुर फिल्म एकेडेमीका प्रोडक्सन हेड दिलीप पन्तले बताए ।
साइको, सस्पेन्स थ्रीलर वेब सिरिज ‘मिस स्कार्लेट’ को छायांकन बिहीबारदेखि वीरगन्जबाट सुरु भएको छ । मधेसको मुख्य पात्र भएको कथामा वीरगन्ज कै टोन र सेटिङमा डेब्यु निर्देशक बलिराम चौहानको निर्देशनमा कान्तिपुर फिल्म एकेडेमीले मिस स्कार्लेटको निर्माण गरेको हो ।
सिरिजको मुख्य भूमिकामा गित विष्ट लगायत कुल श्रेष्ठ, कमल ओझा, आलिशा बास्तोला, सबी थापा, दिलीप नेपाल, सुमित्रा अधिकारी, कपिल रसाइली, रोज खत्री लगायतको अभिनय रहेको छ ।
नेट्फ्लिक्स, प्राइम भिडियो, हट स्टार जस्ता ओटिटि प्लाट्फर्महरुले विश्व बजारमा युवाहरूलाई सिरिज हेर्ने बानी बसालिसकेको अवस्थामा कान्तिपुर फिल्म एकेडेमीको आफ्नै मौलिक कथाहरूमा सिरिज बनाउने यो कदम नेपालको लागि नौलो पक्कै हुन सक्छ । एकेडेमीले यो भन्दा अगाडि “म” बनाएको थियो ।
यस सिरिजलाई “टलक जङ भर्सेज टुल्के” का सिनेम्याटोग्राफर शेर बहादुर तामाङले खिचिरहेका छन् । पुरै सिरिज वीरगन्ज मै छायांकन गरिने मिस स्कार्लेट को पहिलो सिजन ६ एपिसोड को हुने निर्माण टिमले जानकारी दिएको छ ।
“मिस स्कार्लेट” सङै कान्तिपुर फिल्म एकेडेमी बाट अन्य ४ वटा स्क्रिप्टमा हाइ बजेट सिरिजहरू पनि बन्न लागेको एकेडेमीका सिइओ प्रकाश पुरिले मेरो फिल्मलाई जानकारी दिए । यी सिरिजहरू कुन प्लाट्फर्ममा कहिले बाट रिलिज हुन्छ भन्ने विशेषमा सबै सिरिजको सुटिङ सकेर चाडै अनाउन्स्मेन्ट गरिने बताइएको छ ।
नयाँ नेपाली फिल्म ‘म’ का दुई पोस्टर सार्वजनिक गरिएको छ । कन्तिपुर फिल्म एकेडेमीको फेसबुक पेजमार्फत सार्वजनिक ती पोस्टरमा नयाँ अनुहार संजोग रसाईलीको वरिपरी फिल्मको कथा तथा अन्य पात्रहरु घुमेको अनुमान लगाउन सकिन्छ । संजोग फिल्म एकेडेमीका अभिनयका विद्यार्थी हुन् । उनको यो डेब्यू फिल्म हो ।
निर्माण टिमले केही दिनअघि फिल्मको टीजर सार्वजनिक गरेको थियो । सार्वजनिक भएको टीजर तथा पोस्टर अनुसार अभिनेत्री निशा अधिकारी डक्टर, रुविना थापा नर्स, निराजन प्रधान प्रहरी अधिकृत, नरेन खड्का ग्याङ्गस्टार भन्ने स्पष्ट हुन्छ ।
फिल्मका अन्य पात्रहरुमा सरोज खनाल, सविन श्रेष्ठ, सरीता लामीछाने र पुनम श्रेष्ठलाई पनी टिजर र पोस्टरमा अटाईएको छ तर उनीहरुको क्यारेक्टर के हो भनेर ठम्याउन सकिँदैन ।
पोस्टरलाई हस्पिटलको सेटिङ्ग प्लेस्मेन्ट गरेर नीलो रंगको बनाईएको छ र छायामा फिल्मका सबै क्यारेक्टरहरुको रिफ्लेक्सन राखिको छ । राकेश दाहालले डिजाईन गरेको पोस्टर पछिल्लो समयमा चलिरहेको फिल्मको पोस्टर भन्दा केही फरक लुक्समा देखिएको छ ।
ल्याण्डस्केप तथा पोट्रेट गरी दुई फरक आकारमा सार्वजनिक भएको म को पोस्टरले फरक कथामा सस्पेन्स फिल्म बनेको ठम्याउन सकिन्छ तर फिल्ममा म को अर्थ र फिल्मको मुख्य कथा के हो भनेर अहिलेसम्म गोप्य राखिएको छ ।
फिल्मको निर्देशक सुवर्ण थापा हुन् । उनले यसअघि निर्देशन गरेको फिल्म सुनगाभा समीक्षात्मक रुपमा राम्रो मानिएको थियो भने उनैले निर्देशन गरेको अर्को फिल्म राधा यही भदौ १० गतेदेखि प्रदर्शन हुँदैछ।
फिल्म ममा तेन्जीङ्ग पाल्देनको छायांकन, बनिस शाहको सम्पादन छ भने निर्माताहरुमा बिमला हुमागाई र पदम पुरी छन् ।
यो फिल्मको लेखक तथा कृयटिभ प्रोड्युसर कान्तिपुर फिल्म एकेडेमीका सिईओ प्रकाश पुरी हुन् । कान्तिपुर सिनेमाजको प्रोडक्सन र कान्तिपुर फिल्म एकेडेमीको प्रस्तुतिमा निर्माण भएको यो फिल्म यही साउन २० गतेदेखि प्रदर्शनमा आउँदै छ । फिल्मको ट्रेलर साउनको पहिलो हप्ता सार्वजनिक गर्ने निर्माण टिमले जानकारी गराएको छ ।
नेपालमा फिल्म कलेजले निर्माण गरेको यो फिल्म फिचर फिल्म हो ।
चलचित्र ‘म’ को टिजर सार्वजनिक भएको छ । चलचित्रसम्बन्धी अध्ययन गराउँदै आएको कान्तिपुर फिल्म एकेडेमीले निर्माण गरेको पहिलो चलचित्र ‘म’ को टिजर कलेजका विधार्थी र कलाकारहरूबीच सार्वजनिक गरिएको हो ।
यो चलचित्र आगामी २० साउनमा प्रदर्शन हुने मिति तय भएको छ । चलचित्रको टिजरमा मुख्य कलाकारहरू निराजन प्रधान, सरोज खनाल, निशा अधिकारी, रुविना थापा, सरिता लामिछाने, सविन श्रेष्ठ र संजोग रसाइलीलाई देखाइएको छ ।
सस्पेन्स–थ्रिलर चलचित्रमा कान्तिपुर फिल्म एकेडेमीका सिइओ समेत रहेका प्रकाश पुरीको कथा तथा पटकथा छ । चलचित्रको निर्देशन भने सुवर्ण थापाले गरेका छन् । आफ्नो अस्तित्वको खोजीमा रहेका पात्रहरूको कथा भन्ने चलचित्र ‘म’ मा निराजन प्रधान, सरोज खनाल, सरिता लामिछाने, निशा अधिकारी, रुविना थापा, सविन श्रेष्ठका अलवा फिल्ममा नरेन खड्का, संजोग रसाइली, पुनम श्रेष्ठ, गीत विष्ट, विमल पुरी, सुरज विष्ट, सुवास पौडेल, सुप्रज्ञा शर्मा, अजित रेग्मी, सम्राट क्षेत्री, जेम्स अधिकारी, विवेक कुँवर र अमोद भट्टलगायतका कलाकारहरूको अभिनय रहेको छ ।
कान्तिपुर फिल्म एकेडेमीले निर्माण गरेको फिल्म ‘म’ नयाँ बर्षको जेठका लागि रिलिज मिति तोकिएको छ । एकेडेमीका प्रमुख प्रकाश पुरीले वितरक कम्पनीहरु डिसिएन र एफडीसँग फिल्म जेठमा रिलिज गर्ने सम्झौता गरेका छन् । सुर्वण थापाको निर्देशन रहेको फिल्म निर्माता पुरीले लेखेका हुन् ।
फिल्ममा सरोज खनाल, निराजन प्रधान, निशा अधिकारी, रुविना थापा, सरिता लामिछाने, सविन श्रेष्ठ, नरेन खड्का, संजोग रसाइली, पुनम श्रेष्ठ लगायतका कलाकारको अभिनय छ ।
बिमला हुमागाईं र पदम पुरी समेत निर्माता रहेको फिल्ममा तेन्जिङ्ग पाल्देनको छायांकन, बनिस शाहको सम्पादन छ ।
२४ माघ, काठमाडौं । चलचित्र ‘म’को छायांकन सकिएको छ । छायांकन सुरु भएको २६ औं दिनमा काम सकिएको निर्माणपक्षले बताएको छ । कान्तिपुर फिल्म एकेडेमीले तीन वर्षअघि निर्माण घोषणा गरेर केही प्रतिशत छायांकन सकेपछि यो चलचित्रको काम रोकिएको थियो । तीन वर्षपछि नयाँ कलाकार लिएर नयाँ कथामा यो चलचित्रको काम गरिएको छ ।
यो चलचित्रमा निशा अधिकारी, रुविना थापा, सविन श्रेष्ठ, निराजन प्रधान, पुनम श्रेष्ठ, संजोग रसाइली, नरेन खड्का, सरोज खनाल र सरिता लामिछानेको मुख्य भूमिका छ । चलचित्रको निर्माता विमला हुमागाईं र पदम पुरी हुन् । तेञ्जिङ्ग पाल्देनको छायांकन रहेको यो चलचित्रलाई आगामी जेठ महिनामा रिलिज गर्ने निर्माणपक्षले बताएको छ । ओेमिक्रोन र सरकारको निषेधाज्ञाका बाबजुद पनि यो चलचित्रको काम सहज ढंगले सकिएको चलचित्रका लेखक प्रकाश पुरीले बताए । यो चलचित्रलाई सुवर्ण थापाले निर्देशन गरेका हुन् । चलचित्रले मानिसभित्रको कथा भन्ने बताइएको छ ।
तेस्रो चरणको स्मार्ट लकडाउनको समयमा सरकारले हल बन्द गरेपनि चलचित्र छायांकन भने रोकेको थिएन । यसैले पनि यो चलचित्रको छायांकन पूरा गर्न निर्माणपक्षलाई सहज भएको हो ।
कान्तिपुर फिल्म एकेडेमीले काठमाडौंमा फिल्म स्क्रिनिङ्ग कार्यक्रम आयोजना गरेको छ ।
अभिनेता राजेश हमालको प्रमुख आतिथ्यतामा बानेश्वरको एवान सिनेमा हलमा कार्यक्रम सञ्चालन भएको थियो ।
कान्तिपुर फिल्म एकेडेमीका विद्यार्थीहरुले बनाएको सर्ट फिल्महरु हेर्दै एक वर्ष फिल्म अध्ययन गरेका विद्यार्थीहरुलाई ग्राजुएट गरेर विद्यार्थिहरुको हौसला बढाउँदै अभिनेता हमालले भने– ‘चलचित्र क्षेत्र एकदमै लोकतान्त्रिक क्षेत्र हो । यहाँ जो कोही पनि प्रवेश गर्न सजिलै सक्छ, तर टिकिरहन जो कोही पसन सक्दैन । त्यसैले हरेकले एकदमै सोचेर र विचार गरेर मात्रै कदम चाल्नु पर्छ ।’
टिकटकले आज–भोलि जो कसैलाई पनि सजिलै कलाकार बनाईदिएको तीतो यथार्थ सुनाउँदै अभिनेता हमालले मेहेनत गरेर निरन्तर लेटेस्ट टेक्नोलोजी र सोसाईटीलाई बुझेर अगाडी बढ्न सके सफल भईन्छ भन्दै हौसला दिएका थिए ।
समारोहमा कान्तिपुर फिल्म एकेडेमीबाट ग्राजुएट भएका विद्यार्थीहरुले बनाएको ७ वटा सर्ट फिल्महरुको प्रदर्शन गर्दै ३१ जना विद्यार्थीहरुलाई ग्राजुएसन गरिएको थियो ।
उक्त कार्यक्रममा मौसमी गुरुङ्गको ‘खरानी’, सुरेन्द्र सिंहको ‘युवा’, सनोल दासको ‘झोल’, वर्षा पौडेलको ‘सेफ्टी पीन’, अनिश बुढाथोकीको ‘युद्ध जारी छ’, आशिष अधिकारीको ‘ऋतु’, र रजिना अर्यालको ‘आखिर किन ?’ प्रदर्शन भएको थियो ।
ती सर्ट फिल्महरुमा फिल्म एकेडेमी मै अध्ययन गरेका विद्यार्थीहरुले नै अभिनय, सिनेम्याटोग्राफी गरेका थिए ।
स्क्रिनीङ्ग पश्चात हरेक फिल्मका टिमसंग चलचित्रकर्मी र दर्शकहरुले अन्तरकृया गरेका थिए ।
कार्यक्रमको अन्त्यमा सिमित श्रोत र साधनमा विद्यार्थीहरुले बनाएका सर्ट फिल्महरु नेपालमा भईरहेका विविध फिल्म फेस्टिभलमा देखिने भन्दा धेरै अब्बल भएको फिल्म समीक्षक तथा समालोचक सचचन घिमिरेले बताए ।
उक्त फिल्म स्क्रिनीङ्ग तथा ग्राजुएसन कार्यक्रममा चलचित्रकर्मीहरु ज्ञानेन्द्र देउजा, सुवर्ण थापा, दिवाकर भट्टराई, रेनसा बान्तवा राई, मुस्कान ढकाल, रोशन हमाल, गोपाल कायस्थ, साहिल खान, विधान कार्की, सरीता गिरी, केशव पाण्डे, दशरथ गिरी लगायतले फिल्म हेरेर अन्तरकृया सहित फिल्मका विद्यार्थीहरुलाई शुभकामना दिएका थिए ।
कोभिड १९ को कारणले चलचित्रका विविध क्षेत्रसँगै फिल्म स्कूल पनि अत्यधिक मारमा परेको छ ।
यस्तो समयमा यही क्षेत्र मै केही गर्छु भनेर पढीरहेका विद्यार्थीहरुको भविष्य नै अन्योल मा परीरहेको र उनीहरु हतोत्साहित हुन सक्ने भन्दै फिल्मका विद्यार्थीहरु र नयाँ प्रवेशीहरुलाई जागरुक बनाउन र हौसला दिन यस्तो फिल्म स्क्रिनीङ्ग र ग्राजुएसन कार्यक्रमको आयोजना गरिएको कान्तिपुर फिल्म एकेडेमीका सिईओ प्रकाश पुरीले जानकारी दिएका थिए ।
कान्तिपुर फिल्म एकेडेमीका विद्यार्थीले बनाएका सर्ट फिल्मको प्रशंसा