कान्तिपुर फिल्म एकेडेमीको फिल्म स्क्रीनिंग कार्यक्रम सम्पन्न भयो । अभिनेता राजेश हमालको प्रमुख आतिथ्यतामा नयाँबानेश्वरको एवान सिनेमा हलमा कार्यक्रम सञ्चालन भएको थियो । कान्तिपुर फिल्म एकेडेमीका विद्यार्थीहरूले बनाएको सर्ट फिल्महरू हेर्दै एक वर्ष फिल्म अध्ययन गरेका विद्यार्थीहरूलाई ग्राजुएट गरेर विद्यार्थीहरूको हौसला बढाउँदै हमालले भन्नुभयो, ‘चलचित्र क्षेत्र एकदमै लोकतान्त्रिक क्षेत्र हो । यहाँ जो कोही पनी प्रवेश गर्न सजिलै सक्छ तर टिकिरहन जो कोही पनी सक्दैन, त्यसैले हरेकले एकदमै सोचेर र विचार गरेरमात्रै कदम चाल्नुपर्छ’ ।

साथै टिकटकले आज भोलि जो कसैलाई सजिलै कलाकार बनाइदिएको तीतो यथार्थ सुनाउँदै मिहिनेत गरेर निरन्तर लेटेष्ट टेक्नोलोजी र सोसाइटीलाई बुझेर अगाडि बढ्न सके सफल भइन्छ भन्दै हौसला दिनुभएको थियो ।

कान्तिपुर फिल्म एकेडेमिबाट ग्राजुएट भएका विद्यार्थीहरूले बनाएको सातवटा सर्ट फिल्महरूको प्रदर्शन गर्दै ३१ जना विद्यार्थीलाई ग्राजुएसन गरिएको थियो । उक्त कार्यक्रममा मौसमी गुरुंगको ‘खरानी’, सुरेन्द्र सिंहको ‘युवा’, सनोल दासको ‘झोल’, वर्षा पौडेलको ‘सेफ्टी पीन’, अनिश बुढाथोकीको ‘युद्ध जारी छ’, आशिष अधिकारीको ‘ऋतु’, र रजिना अर्यालको ‘आखीर कीन ?’ प्रदर्शन भएको थियो ।

उक्त सर्ट फिल्महरूमा फिल्म एकेडेमी मै अध्ययन गरेका विद्यार्थीहरूले नै अभिनय, सिनेम्याटोग्राफी गरेका थिए । स्क्रिनिंगपश्चात् हरेक फिल्मका टिमसँग चलचित्रकर्मी र दर्शकहरूले अन्तक्र्रिया गरेका थिए । कार्यक्रमको अन्त्यमा सिमित स्रोत र साधनमा विद्यार्थीले बनाएका सर्ट फिल्महरू नेपालमा भइरहेका विविध फिल्म फेष्टिभलमा देखिनेभन्दा धेरै अब्बल भएको फिल्म समिक्षक तथा समालोचक सचीन घिमिरेले बताउनुभयो । उक्त फिल्म स्क्रिनिंग तथा ग्राजुएसन कार्यक्रममा चलचित्रकर्मीहरू ज्ञानेन्द्र देउजा, सुवर्ण थापा, दिवाकर भट्टराई, रेनसा बान्तवा राई, मुस्कान ढकाल, रोशन हमाल, गोपाल कायस्थ, साहिल खान, विधान कार्की, सरिता गिरी, केशव पाण्डे, दशरथ गिरीलगायतले फिल्म हेरेर अन्तक्र्रियासहित फिल्मका विद्यार्थीलाई शुभकामना दिनुभएको थियो ।

कोभिड १९ को कारणले चलचित्रका विविध क्षेत्रसँगै फिल्म स्कुल पनी अत्याधिक मारमा परेको छ । यस्तो समयमा यही क्षेत्रमै केही गर्छु भनेर पढिरहेका विद्यार्थीहरूको भविष्य नै अन्योलमा परिरहेको र उनीहरू हतोत्साहित हुनसक्ने भन्दै फिल्मका विद्यार्थी र नयाँ प्रवेशीलाई जागरुक बनाउन र हौसला दिन यस्तो फिल्म स्क्रिनिंग र ग्राजुएसन कार्यक्रमको आयोजना गरिएको कान्तिपुर फिल्म एकेडेमीका सिईओ प्रकाश पुरीले जानकारी दिनुभएको थियो ।

चलचित्र सम्बन्धी अध्ययन गराउँदै आएको कान्तिपुर फिल्म एकेडेमीले पहिलो पटक चलचित्र निर्माण गर्ने भएको छ । एकेडेमीले बनाउन लागेको चलचित्रको नाम ‘म’ राखिएको छ ।

हुन त, यसअघि पनि यही नाममा चलचित्रको छायांकन नभएको होइन । तर, लकडाउनका कारण चलचित्रको काम नै भताभुङ्ग भएपछि एकेडेमीले कलाकार र प्राविधिक टिम नै परिवर्तन गरेर नयाँ कथामा चलचित्र बनाउन लागेको हो ।

चलचित्र ‘म’को सोमबार कान्तिपुर फिल्म एकेडेमीमा शुभसाइत गरिएको छ । यो चलचित्रको छायांकन पुस ११ गतेबाट शुरु हुने निर्माणपक्षले जानकारी दिएको छ । यो चलचित्रलाई सुवर्ण थापाले निर्देशन गर्दैछन् । चलचित्रमा एकेडेमीकै सीईओ प्रकाश पुरीको लेखन रहेको छ ।

चलचित्रमा सरोज खनाल, सरिता लामिछाने, निशा अधिकारी, सविन श्रेष्ठ, निराजन प्रधान, रुविना थापा, प्रमोद अग्रहरी, सञ्जोग रसाइली र पूनम श्रेष्ठको मुख्य भूमिका रहनेछ । चलचित्रमा वनिष शाहको सम्पादन, तेञ्जिन पाल्देनको छायांकन, सुजन परियारको कस्ट्युम डिजाइन रहनेछ । पदम पुरी र विमला हुमागाईंको लगानी रहेको चलचित्रका प्रोडक्सन म्यानेजर करण सिंह हुन् ।

चलचित्र सम्बन्धी अध्ययन अध्यापन गराउदै आएको फिल्म स्कुल ‘कान्तिपुर फिल्म एकेडेमी’ ले गत सोमबार काठमाण्डौको क्युज सिनेमा हलमा विद्यार्थीहरुले बनाएको सर्ट फिल्महरु प्रदर्शन गर्दै आफ्नो दोश्रो ग्राजुएसन कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा फिल्म एक्टीङ्ग र फिल्म मेकीङ्गमा एक बर्षे डिप्लोमा कोर्ष सकाएका २६ जना विद्यार्थीहरुलाई ग्राजुएट गरीएको थियो भने ग्राजुएट भएका विद्यार्थीहरुले बनाएका फरक फरक विषयको ९सर्ट फिल्महरु प्रदर्शन गरीएको थियो ।

कार्यक्रममा हेम प्रभासको ‘द मास्क’, दिपेश याक्सोको ‘तिम्मक’, रीमा थापाको ‘व्युत्क्रमो’, उदय अधिकारीको ‘पाथ टु हेल’, राज दिप लामाको ‘ग्याङ्गस अफ काठमाण्डौ’, ईश्वरी आचार्यको ‘बुद्ध, आईज एण्ड बिटवीन’, उद्धव दंगालको ‘लोङ्गवा’, रविन्द्र श्रेष्ठको ‘रियल कोईन्स’, र दिपेन्द्र मल्लको ‘पद्मा’ सर्ट फिल्म प्रदर्शन गरिएका थिए ।

चलचित्र हेरीसकेपछी ग्राजुएट भएका विद्यार्थीहरुलाई निर्माता तथा एकेडेमीका अध्यक्ष छविराज ओझा, निर्देशक/कलाकार दीपाश्री निरौला, निर्देशक उज्वल घिमीरे र निर्माता केशव भट्टराईले प्रमाण पत्र वितरण गरेका थिए । कार्यक्रमको अन्त्यमा बोल्दै दिपाश्री निरौलाले सबै चलचित्र राम्रो भएको र सधै यही जोसका शाथ कहील्यै हार नखाई अगाडी बड्न सबै विद्यार्थीहरुलाई हौसला सहीत शुभकामना दिएकी थिईन्  ।

विद्यार्थी, शिक्षक, प्यारेन्टस् र पत्रकारहरुको बिचमा गरीएको उक्त फिल्म प्रदर्शनीमा चलचित्रकर्मीहरु, ज्ञानेन्द्र देउजा, गोपाल काजी कायस्थ, नवल नेपाल, पुष्प खड्का, दिपक बज्राचार्य, सुवर्ण थापा, बिष्णु कल्पित, प्रदीप भारद्धाज, विप्लप उप्रेती, जिपी तिमील्सीना, कृष्ण काफ्ले, सुमन गिरी भान्जा, बिसारद बस्नेत, दशरथ गिरी, सरोज श्रेष्ठ, योगेश घिमीरे, चन्द्र झा लगायत थुप्रै निर्माता निर्देशकको उपस्थिती थियो ।

रसियाको नोभोसिबिर्स्क शहरमा भैरहेको ´वान, टु, थ्री थिएटर फेस्टिवल` मा नेपालको प्रतिनिधित्व गर्दै कान्तिपुर फिल्म अकडेमीले नाटक प्रदर्शन गरेको छ । फेस्ट्वलको नियम अनुसार एक दुई या धेरैमा तीन जना कलाकारले मात्रै प्रदर्शन गर्न पाउने उक्त फेस्टिवलमा सहभागी हुन नेपालबाट कान्तिपुर फिल्म एकेडेमीका सिइओ प्रकाश पुरि, एकेडेमिक डाइरेक्टर नरेश कुमार केसि र अभिनय बिधाका बिद्यार्थीहरु मोहन जैशी र सन्जोग रसाइली रसिया गएका थिए ।

रसियाको सबै स्टेट र देशहरु गरेर ४६ ओटा नाटक मन्चन भएको उक्त फेस्टिवलमा नेपालले १२ फेब्रुअरी दिउँसो ३ बजे, नोभोसिबिर्स्क स्थित रेड हाउस थिएटरमा रोनिश राउत निर्देशित २३ मिनेट लामो नाटक ´ पिस ´ देखाएको थियो । नेपालको द्वन्द्व कालको बिषय माथी निर्माण गरिएको उक्त नाटकमा सन्जोग रसाइली माओवादि र मोहन जैशीले आर्मीको भुमिका निर्वाह गरेका थिए ।

नाट्क पछि नेपालको सिनेमा, आर्ट र थिएटरको बिषयमा अन्तर्कृया राखिएको थियो । नाटक प्रदर्शनी र अन्तर्क्रीया सङै नेपालि टोलिले त्यहा स्थित थिएटर ईन्स्टिच्युट, युनिभर्सिटी, ओपेरा हाउस, टेलिभिजन र आर्ट हाउस हरुको औपचारिक भ्रमण गरेका थिए । फेस्टीवलको आयोजक नोभोसिबिर्स्क स्टेट थिएटर ईन्स्टिच्युट र ´अन द लेफ्ट बेन्क` थिएटर ईन्स्टिच्युटका प्रतिनिधीहरु गत जेष्ठमा नेपाल आएर कान्तिपुर फिल्म अकडेमीसङ नेपाल र रसिया बिच स्कलर एक्सचेञ्ज र कल्चरल एक्सचेञ्जको लागि सहकार्य गर्ने सम्झौता गरेका थिए ।

यो भ्रमण र सहभागिताले दुई देशको थिएटर, एजुकेसन, कल्चर र रिलेसन बिस्तारमा महत्त्वपूर्ण भुमिका खेलेको सिईओ प्रकाश पुरिले बताए । र हरेक बर्ष बिधार्थी पढ्नको लागि पठाउने, थिएटर फेस्टिवल र प्रतियोगितामा सहभागी हुने र नेपाली फिल्मको छायांकनको लागि वातावरण बनाइदिने जस्ता महत्वपुर्ण बिषयमा सम्झौता भएको जान्कारी गराए ।

कान्तिपुर फिल्म एकेडेमीको निम्तोमा शनिबार काठमाडौं झरेका भारतीय फिल्म निर्देशक सुभाष घईले मैतीदेवीस्थित एकेडेमी परिसरमा फिल्मबारे संक्षिप्त मन्तव्य दिन भ्याए ।

औपचारिक कार्यक्रम आइतबार हुनेछ । ‘फिल्म आजकल धेरै महत्त्वपूर्ण चिज भइरहेको छ । यो केवल फिल्म नभएर हाम्रो आफ्नो काहनी हो,’ फिल्म माध्यमबारे आफ्ना धारणा राख्दै ७३ वर्षीय घईले भने, ‘यसैका माध्यमले हामी बाँकी विश्वलाई आफ्नो देश, जनता, समस्या, राजनीति, आर्थिक अवस्थाबारे बताइरहेका हुन्छौं । हामीले हाम्रो देशकै प्रतिनिधित्व गरिरहेका हुन्छौं ।’

‘इक्वाल’ का लागि नेसनल फिल्म अवार्ड विजेता घईले भारतीय फिल्म उद्योगलाई ‘बलिउड’ का रूपमा व्याख्या गर्नु अपमान भएको धारणा राख्दै मन्तव्यमा भने, ‘आज भारतीय फिल्मले पनि पूरै विश्वमा नाम कमाएको छ । फिल्मकै माध्यमले भारतका हरेक राज्यले आफू के हो, आफ्नो संस्कृति के हो भन्ने बताइरहेका छन् । फिल्मले त्यहाँको जनताको संस्कृतिको पनि प्रतिनिधित्व गरेको हुन्छ ।’ उनले फिल्मलाई मजाकका रूपमा लिन नसकिने विधा भएको तर्क गर्दै यो अति संवेदनशील काम भएको बताए ।’

नेपाली फिल्म ‘फेरि भेटौंला’ मात्र खेलेकी मनीषा कोइरालालाई आफ्नो फिल्म ‘सौदागर’ मा ब्रेक दिएका घईले नेपालबारे पनि आफ्ना धारणा साझेदार गर्न चाहे । भने, ‘नेपालका मान्छे धेरै सज्जन छन् । यहाँको संस्कृति धेरै महान् छ । यहाँ कलाकार धेरै छन् तर अवसर छैन । ट्रेन्ड क्यारेक्टर छैनन् । ट्रेनिङ दिइयो भने यहाँका फिल्मकर्मी पनि सही दिशामा जानेछन् र तपाईं आफ्नो भाषा, कलासंस्कृति र काहनी स्वयं भन्न सक्नुहुनेछ ।’ उनले थपे, ‘मेरो ध्येय यो हो कि, यदि भगवान्ले मलाई सफलता दिएको छ भने त्यो सफलतालाई अरूसँग बाँड्न सकूँ । र, त्यो अनुभव त्यस्ता व्यक्तिलाई बाँड्न सकूँ जो साँच्चै नै फिल्म मेकिङप्रति इमानदार भई लागिपरेको छ ।’

हरेक देशमा सबैभन्दा पिछडिएको विभागमा सांस्कृतिक विभाग हुने गरेको अनुभव बाँड्दै घईले भने, ‘मान्छे डाक्टर पनि बन्छन्, इन्जिनियर पनि बन्छन्, राजनीतिज्ञ, वकिल पनि पैदा हुन्छन् तर पैदा नहुने भनेको आर्टिस्ट नै हो । फेरि आर्टिस्ट वकिलमा पनि हुनु जरुरी छ, डाक्टर, इन्जिनियर वा राजनीतिज्ञमा पनि । तब मात्रै देशको निर्माण हुन्छ । जबसम्म तपार्इंको आध्यात्मिक शक्ति, कलात्मक शक्ति बढ्दैन, तबसम्म तपाईं आफ्नो देशलाई अघि बढाउन सक्नु हुन्न ।’ उनले ‘सौदागर’ मा मनीषालाई इन्ट्रोडयुस गराएकोले नेपाली भाषा सिक्न पाएको सुनाउँदै भने, ‘मनीषाको पूरा परिवारले जब नेपालीमा बोलेको सुन्न थालें, मैले पनि नेपाली बुझें । नेपाली भाषा खुब मीठो लाग्छ ।’

काठमाडौंभन्दा बाहिरका ठूला शहरहरुलाई फिल्मको राम्रो बजारको रुपमा लिइन्छ ।  प्रदेश सरकार बनेसँगै मोफसलका विभिन्न शहरमा ठुला ठुला मल्टिप्लेक्स हल र थिएटर बन्ने क्रम पनि जारी छ ।

फिल्म छायांकन, अवार्ड र फेस्टिवलले पनि काठमाडौं बाहिरका शहरहरु रोज्न थालेका छन् । तर, अहिलेसम्म फिल्म सम्बन्धि शैक्षिक कार्यक्रम तथा वर्कशप उपत्यकाभन्दा बाहिर जान सकेका छैनन् ।

यसको सुरुवात काठमाण्डौको मैतिदेवी स्थित कान्तिपुर फिल्म एकेडेमीले गर्ने भएको छ । फिल्म निर्माण सम्बन्धि शिक्षा दिने, फिल्ममा साक्षरता बढाउने र नयाँ जाकरुक फिल्ममेकर्स तथा स्टोरी राईटरहरुलाई प्रोत्साहन गर्ने मुख्य उदेश्यले ईटहरी, हेटौँडा, नारायणघाट, पोखरा, बुटवल र नेपालगञ्जमा एक-एक हप्ते ‘फिल्म मेकिङ्ग वर्कशप’ सञ्चालन हुने भएको छ ।

उक्त फिल्म निर्माण सम्बन्धि वर्कशप बिर्तामोडमा साउन २७ देखी भदाै १ गतेसम्म, ईटहरीमा भदौ ३ देखि ८ गतेसम्म, दाङमा भदौ ६ देखी ११ गतेसम्म, हेटौँडामा भदौ १० देखि १५ गतेसम्म, नारायणघाटमा भदौ १७ देखि २२ गतेसम्म, पोखरामा भदौ २४ देखि २९ गतेसम्म, बुटवलमा भदौ ३१ देखि असोज ५ गतेसम्म नेपालगञ्जमा असोज ७ देखि १२ गतेसम्म, र धनगढीमा असाेज १४ देखी १९ गतेसम्म सञ्चालन हुँदैछ ।

सबै शहरमा विहानको १० बजेदेखि बेलुकी ५ बजेसम्म थेउरिटिकल र प्राक्टिकल तरीकाबाट वर्कशप सञ्चालन हुने कान्तिपुर फिल्म एकेडेमीका सिईओ प्रकाश पुरीले जानकारी दिए । उनका अनुसार, फिल्म निर्माण सम्बन्धि चासो भएका जो कोहि वर्कशपमा सहभागी हुन पाउनेछन् ।

नेपालकाे ९ वटा शहरमा फिल्म मेकिङ्ग वर्कशप हुँदै