Kantipur Film Academy Associate with ''On the left bank " Novosibirsk Drama Theater Russia .

Apply Now


Notice: Undefined variable: page_title in /home/kantipur/public_html/wp-content/themes/kantipur/single.php on line 19

रेखा थापाको ‘मीरा’बाट थिएटरमा प्रवेश, कान्तिपुर थियटरको सुरुवातसहित नाटक मञ्चन सुरु

तस्बिर–कान्तिपुर फिल्म एकेडेमीको पेजबाट

नेपाली फिल्म क्षेत्रकी चर्चित अभिनेत्री रेखा थापाले आफ्नो अभिनय यात्रा अब रंगमञ्चमा पनि विस्तार गरेकी छन्। उनी अभिनीत पहिलो नाटक ‘मीरा’ को मञ्चन असार २ गते, सोमबार सुरु भइसकेको छ।

कान्तिपुर फिल्म एकेडेमीद्वारा स्थापना गरिएको नयाँ ‘कान्तिपुर थियटर’, नक्साल गैह्रिधारामा अवस्थित यो स्थलको उद्घाटन पनि सोही दिन सम्पन्न भएको हो। थियटरको सुरुवाती कार्यक्रममा मदनकृष्ण श्रेष्ठहरिवंश आचार्य प्रमुख अतिथिका रूपमा उपस्थित थिए।

सुन्दर धितालद्वारा परिकल्पना र निर्देशन गरिएको यो नाटक दीपक सिञ्जाली को उपन्यासमा आधारित हो। नाटकका निर्माता रमेश पुरी हुन्।

‘मीरा’ मा रेखा थापासँगै विशाल पहारी, बिन्दा खतिवडा, विशाल देवकोटा, गीत विष्ट, डोरेश खतिवडा, उन्नत उप्रेतीसुनिल खड्का को अभिनय देख्न सकिन्छ। कलाकारहरूको भावनात्मक प्रस्तुति र गहिरो संवादले नाटकलाई थप प्रभावशाली बनाएको छ।

नाटक बुधबार बाहेक हरेक दिन, असार ७ गतेसम्म नियमित रूपमा साँझ ५:३० बजे मञ्चन हुँदैछ।

कान्तिपुर थियटरले नियमित नाटक प्रस्तुतिसँगै अभिनय, निर्देशन र रंगमञ्चसँग सम्बन्धित विभिन्न कार्यक्रम तथा तालिममार्फत नेपाली रंगमञ्चको क्षेत्रलाई थप बलियो बनाउने लक्ष्य लिएको छ।