Kantipur Film Academy Associate with ''On the left bank " Novosibirsk Drama Theater Russia .

Apply Now


Notice: Undefined variable: page_title in /home/kantipur/public_html/wp-content/themes/kantipur/single.php on line 19

नेपालको संस्कृति महान् छ : सुभाष घई

कान्तिपुर फिल्म एकेडेमीको निम्तोमा शनिबार काठमाडौं झरेका भारतीय फिल्म निर्देशक सुभाष घईले मैतीदेवीस्थित एकेडेमी परिसरमा फिल्मबारे संक्षिप्त मन्तव्य दिन भ्याए ।

औपचारिक कार्यक्रम आइतबार हुनेछ । ‘फिल्म आजकल धेरै महत्त्वपूर्ण चिज भइरहेको छ । यो केवल फिल्म नभएर हाम्रो आफ्नो काहनी हो,’ फिल्म माध्यमबारे आफ्ना धारणा राख्दै ७३ वर्षीय घईले भने, ‘यसैका माध्यमले हामी बाँकी विश्वलाई आफ्नो देश, जनता, समस्या, राजनीति, आर्थिक अवस्थाबारे बताइरहेका हुन्छौं । हामीले हाम्रो देशकै प्रतिनिधित्व गरिरहेका हुन्छौं ।’

‘इक्वाल’ का लागि नेसनल फिल्म अवार्ड विजेता घईले भारतीय फिल्म उद्योगलाई ‘बलिउड’ का रूपमा व्याख्या गर्नु अपमान भएको धारणा राख्दै मन्तव्यमा भने, ‘आज भारतीय फिल्मले पनि पूरै विश्वमा नाम कमाएको छ । फिल्मकै माध्यमले भारतका हरेक राज्यले आफू के हो, आफ्नो संस्कृति के हो भन्ने बताइरहेका छन् । फिल्मले त्यहाँको जनताको संस्कृतिको पनि प्रतिनिधित्व गरेको हुन्छ ।’ उनले फिल्मलाई मजाकका रूपमा लिन नसकिने विधा भएको तर्क गर्दै यो अति संवेदनशील काम भएको बताए ।’

नेपाली फिल्म ‘फेरि भेटौंला’ मात्र खेलेकी मनीषा कोइरालालाई आफ्नो फिल्म ‘सौदागर’ मा ब्रेक दिएका घईले नेपालबारे पनि आफ्ना धारणा साझेदार गर्न चाहे । भने, ‘नेपालका मान्छे धेरै सज्जन छन् । यहाँको संस्कृति धेरै महान् छ । यहाँ कलाकार धेरै छन् तर अवसर छैन । ट्रेन्ड क्यारेक्टर छैनन् । ट्रेनिङ दिइयो भने यहाँका फिल्मकर्मी पनि सही दिशामा जानेछन् र तपाईं आफ्नो भाषा, कलासंस्कृति र काहनी स्वयं भन्न सक्नुहुनेछ ।’ उनले थपे, ‘मेरो ध्येय यो हो कि, यदि भगवान्ले मलाई सफलता दिएको छ भने त्यो सफलतालाई अरूसँग बाँड्न सकूँ । र, त्यो अनुभव त्यस्ता व्यक्तिलाई बाँड्न सकूँ जो साँच्चै नै फिल्म मेकिङप्रति इमानदार भई लागिपरेको छ ।’

हरेक देशमा सबैभन्दा पिछडिएको विभागमा सांस्कृतिक विभाग हुने गरेको अनुभव बाँड्दै घईले भने, ‘मान्छे डाक्टर पनि बन्छन्, इन्जिनियर पनि बन्छन्, राजनीतिज्ञ, वकिल पनि पैदा हुन्छन् तर पैदा नहुने भनेको आर्टिस्ट नै हो । फेरि आर्टिस्ट वकिलमा पनि हुनु जरुरी छ, डाक्टर, इन्जिनियर वा राजनीतिज्ञमा पनि । तब मात्रै देशको निर्माण हुन्छ । जबसम्म तपार्इंको आध्यात्मिक शक्ति, कलात्मक शक्ति बढ्दैन, तबसम्म तपाईं आफ्नो देशलाई अघि बढाउन सक्नु हुन्न ।’ उनले ‘सौदागर’ मा मनीषालाई इन्ट्रोडयुस गराएकोले नेपाली भाषा सिक्न पाएको सुनाउँदै भने, ‘मनीषाको पूरा परिवारले जब नेपालीमा बोलेको सुन्न थालें, मैले पनि नेपाली बुझें । नेपाली भाषा खुब मीठो लाग्छ ।’