Kantipur Film Academy Associate with ''On the left bank " Novosibirsk Drama Theater Russia .

Apply Now


Notice: Undefined variable: page_title in /home/kantipur/public_html/wp-content/themes/kantipur/single.php on line 19

पोखराबाट सुरु भयो सिरिज ‘ब्रम्हाण्ड’को सुटिङ

कान्तिपुर फिल्म एकेडेमी, काठमाडौं र टोपी स्टुडियोज पोखराले बनाउन लागेको नेपाली सिरिज ‘ब्रह्माण्ड’ को आज(मंगलबार) पोखरास्थित गुप्तेश्वर महादेवमा मुहूर्त गरी छायांकन शुरु गरिएको छ ।

फिल्म पढाउने स्कुल कान्तिपुर फिल्म एकेडेमीले नेपालमा बन्ने सिरिजहरूको स्केलमै सबैभन्दा ठूलो सिरिज निर्माण गर्दैछ । ओटीटी प्लेटफर्मको लागि अन्तर्राष्ट्रिय मापदण्ड पुरा गर्दै बन्न लागेको यो सिरिजमा नेपालका नाम चलेका कलाकारहरूको अभिनय रहने छ ।

रियाज नाटक्कारको निर्देशन र सागरराज आचार्यको कार्यकारी निर्माण रहने सिरिजको फूल लेन्थ ८ घण्टाको हुनेछ र यसलाई ८ एपिसोडमा निर्माण गरिनेछ ।

सिरिजमा सुनिल थापा, भोलाराज सापकोटा, राजन खतिवडा, सरिता गिरी, माओत्से गुरुङ, सुरज बिस्टसँगै कान्तिपुर फिल्म एकेडेमीका कलाकारहरू सुप्रज्ञा शर्मा र सञ्जय ढुङ्गानाको अभिनय रहनेछ । सिरिजमा सुप्रज्ञा र सञ्जयको डेब्यू अभिनय हो ।

सम्भवत कलाकाहरुको यो लाईनअप हेर्दा नेपाली प्रोडक्सनमा यो नेपालको अहिले सम्म कै ह्याभी वेट सिरिज बन्ने छ । विश्व बजारमा दर्शकहरूको फिल्मको टेस्ट र नेपाली फिल्मको नयाँ दर्शक खोज्ने बहस चलिरहेको बेलामा कान्तिपुर फिल्म एकेडेमीले सुरुवात गरेको यो पहल यदि सफल भएमा नेपाली फिल्म र फिल्म मेकरको लागि यो नयाँ बजार र दर्शक बनाउने अवसर पक्कै हुनेछ ।

सिरिजमा पुरुषोत्तम प्रधानको छायांकन हुनेछ । प्रधानले ‘लुट’, ‘कबड्डी’, ‘छक्का पन्जा’, ‘दासढुंगा’, ‘उमा’, ‘नाई नभन्नु ल’लगायत ६० वटा भन्दा बढी व्यावसायिकसफल र अवार्ड विजेता फिल्मको छायांकन गरेका छन् । पुरुषोत्तम नयाँ कथा, नयाँ निर्देशक र नयाँ प्रस्तुतीकरणका फिल्ममा काम गर्न रुचाउँछन् ।

एकेडेमीका सिइओ र सिरिजका क्रिएटिभ प्रोड्युसर प्रकाश पुरीले कलाकार अर्पण थापाले यही सिरिजबाट ओटीटी डेब्यू गर्न लागेको खुलाए ।

सबै सिरिजहरू नेपाली भाषामा कान्तिपुर फिल्म एकेडेमीको आफ्नै प्लाट्फर्मसँगै भारतको एक ठूलो ओटीटी प्लाट्फर्मबाट पनि हिन्दी भाषामा प्रदर्शन हुने सहमति भएको छ ।

एकेडेमीले केही समयअघि वीरगन्जमा ‘मिस स्कार्लेट’ नामको सिरिज निर्माण गरेको थियो । साइको थ्रीलर भनिएको ‘मिस स्कार्लेट’ को अहिले पोस्ट प्रोडक्सन भइरहेको छ ।