Kantipur Film Academy Associate with ''On the left bank " Novosibirsk Drama Theater Russia .

Apply Now


Notice: Undefined variable: page_title in /home/kantipur/public_html/wp-content/themes/kantipur/single.php on line 19

कान्तिपुर फिल्म एकेडेमीका विद्यार्थीले बनाएका सर्ट फिल्मको प्रशंसा

कान्तिपुर फिल्म एकेडेमीले काठमाडौंमा फिल्म स्क्रिनिङ्ग कार्यक्रम आयोजना गरेको छ ।

अभिनेता राजेश हमालको प्रमुख आतिथ्यतामा बानेश्वरको एवान सिनेमा हलमा कार्यक्रम सञ्चालन भएको थियो ।

कान्तिपुर फिल्म एकेडेमीका विद्यार्थीहरुले बनाएको सर्ट फिल्महरु हेर्दै एक वर्ष फिल्म अध्ययन गरेका विद्यार्थीहरुलाई ग्राजुएट गरेर विद्यार्थिहरुको हौसला बढाउँदै अभिनेता हमालले भने– ‘चलचित्र क्षेत्र एकदमै लोकतान्त्रिक क्षेत्र हो । यहाँ जो कोही पनि प्रवेश गर्न सजिलै सक्छ, तर टिकिरहन जो कोही पसन सक्दैन । त्यसैले हरेकले एकदमै सोचेर र विचार गरेर मात्रै कदम चाल्नु पर्छ ।’

टिकटकले आज–भोलि जो कसैलाई पनि सजिलै कलाकार बनाईदिएको तीतो यथार्थ सुनाउँदै अभिनेता हमालले मेहेनत गरेर निरन्तर लेटेस्ट टेक्नोलोजी र सोसाईटीलाई बुझेर अगाडी बढ्न सके सफल भईन्छ भन्दै हौसला दिएका थिए ।

समारोहमा कान्तिपुर फिल्म एकेडेमीबाट ग्राजुएट भएका विद्यार्थीहरुले बनाएको ७ वटा सर्ट फिल्महरुको प्रदर्शन गर्दै ३१ जना विद्यार्थीहरुलाई ग्राजुएसन गरिएको थियो ।

उक्त कार्यक्रममा मौसमी गुरुङ्गको ‘खरानी’, सुरेन्द्र सिंहको ‘युवा’, सनोल दासको ‘झोल’, वर्षा पौडेलको ‘सेफ्टी पीन’, अनिश बुढाथोकीको ‘युद्ध जारी छ’, आशिष अधिकारीको ‘ऋतु’, र रजिना अर्यालको ‘आखिर किन ?’ प्रदर्शन भएको थियो ।

ती सर्ट फिल्महरुमा फिल्म एकेडेमी मै अध्ययन गरेका विद्यार्थीहरुले नै अभिनय, सिनेम्याटोग्राफी गरेका थिए ।

स्क्रिनीङ्ग पश्चात हरेक फिल्मका टिमसंग चलचित्रकर्मी र दर्शकहरुले अन्तरकृया गरेका थिए ।

कार्यक्रमको अन्त्यमा सिमित श्रोत र साधनमा विद्यार्थीहरुले बनाएका सर्ट फिल्महरु नेपालमा भईरहेका विविध फिल्म फेस्टिभलमा देखिने भन्दा धेरै अब्बल भएको फिल्म समीक्षक तथा समालोचक सचचन घिमिरेले बताए ।

उक्त फिल्म स्क्रिनीङ्ग तथा ग्राजुएसन कार्यक्रममा चलचित्रकर्मीहरु ज्ञानेन्द्र देउजा, सुवर्ण थापा, दिवाकर भट्टराई, रेनसा बान्तवा राई, मुस्कान ढकाल, रोशन हमाल, गोपाल कायस्थ, साहिल खान, विधान कार्की, सरीता गिरी, केशव पाण्डे, दशरथ गिरी लगायतले फिल्म हेरेर अन्तरकृया सहित फिल्मका विद्यार्थीहरुलाई शुभकामना दिएका थिए ।

कोभिड १९ को कारणले चलचित्रका विविध क्षेत्रसँगै फिल्म स्कूल पनि अत्यधिक मारमा परेको छ ।

यस्तो समयमा यही क्षेत्र मै केही गर्छु भनेर पढीरहेका विद्यार्थीहरुको भविष्य नै अन्योल मा परीरहेको र उनीहरु हतोत्साहित हुन सक्ने भन्दै फिल्मका विद्यार्थीहरु र नयाँ प्रवेशीहरुलाई जागरुक बनाउन र हौसला दिन यस्तो फिल्म स्क्रिनीङ्ग र ग्राजुएसन कार्यक्रमको आयोजना गरिएको कान्तिपुर फिल्म एकेडेमीका सिईओ प्रकाश पुरीले जानकारी दिएका थिए ।