Kantipur Film Academy Associate with ''On the left bank " Novosibirsk Drama Theater Russia .

Apply Now

News Gallery

ईटहरीमा खुल्यो पहिलो पटक फिल्म पढाउने स्कुल, पहिलो ब्याचका लागि आबेदन खुल्ला

ईटहरी/ नेपाली सिने क्षेत्रमा दक्ष र अनुभवी कलाकार तथा प्राबिधिकको उत्पादन गर्ने उद्देश्य सहित ईटहरीमा फिल्म पढाउने स्कुल संचालनमा आउने तयारी भएको छ । नेपाली सिने जगतका बा को रुपमा परिचित निर्माता तथा बितरक छबिराज ओझाको निर्देशन लगायत फिल्मकर्मिहरुको टिमले काठमाडौमा बिगत ४ वर्षदेखि सफल संचालन भैरहेको कान्तिपुर फिल्म एकेडेमीको पहिलो साखा ईटहरी आउन लागेको हो । जसको अन्तिम तयारी सकिएको कान्तिपुर फिल्म एकेडेमीका सिइओ प्रकाश पुरिले बताए ।

उनले यहि माघ १६ गते सरस्वती पुजाको अवसर पारेर ईटहरी साखालाई औपचारिक थालनी गरिने समेत जानकारी गराए । ईटहरी साखाले फिल्म मेकिङ, भिडियो एडिटिङ, अभिनय र फोटोग्राफीको कोर्स गराउने छ । पहिलो चरणमा १ महिने कोर्सहरु तय भएका छन भने आबेदन फारम खुल्ला गरिएको छ ।प्रदेश १ अर्थात पुर्वान्चलमा फिल्म मेकिङमा इच्छुकलाई सहज होस् र यसका लागि काठमाडौ नै धाउन नपरोस भनी ईटहरीमै गुणस्तरीय फिल्म मेकिङको लागि आफुहरुले सहजता दिलाएको कान्तिपुर फिल्म एकेडेमीका निर्देशक तथा फिल्म निर्माता छबिराज ओझाले बताए । ईटहरीको पुर्वलाईनस्थित ईलाका प्रहरी कार्यालयको अपोजिट साखा खोलिएको छ । हाल खुल्ला गरिएको कोर्सले पुर्वमा छरिएर रहेका फोटो तथा भिडियोमा इच्छुकहरुको लागि निक्कै नै उपयोगी हुनेछ ।

छोटो फिल्म, डकुमेन्ट्री, युट्युब भिडियो निर्माण, टेलिभिजन प्रोडक्सन तथा फोटोग्राफीमा इच्छुकका लागि यो कोर्सले धेरै सघाउ पुर्याउने छ । काठमाडौबाटै दक्ष तथा अनुभवी प्रशिक्षक ल्याएर तालिम दिइने छ भने फागुन १ गतेबाट पहिलो ब्याजको कक्षा संचालन हुँदै छ । दिनको ४ घन्टा प्राक्टिकल तथा थेउरी कक्षा संचालन हुन्छ । एउटा कोर्समा १२ जना मात्र राख्ने र तालिम शुल्क पनि न्यून गरिएको छ । इच्छुकले जम्मा ११ हजारमा १ महिने कोर्स लिन पाउने छन् । कोर्सको अन्त्यमा भिडियो प्रोडक्सन तथा प्रशिक्षार्थीहरुलाई ईन्टर्नसिपको ब्यवस्था पनि गरिएको पुरिले बताए ।