Kantipur Film Academy Associate with ''On the left bank " Novosibirsk Drama Theater Russia .

Apply Now

News Gallery

कान्तिपुर फिल्म एकेडेमीका आठवटा सर्ट फिल्म प्रदर्शन हुदै

कान्तिपुर फिल्म एकेडेमीको आज ग्रेजुएशन कार्यक्रम हुदैछ । एक बर्षको फिल्म सम्बन्धी पठन–पाठन (कोर्स) पढ्न पाईने यस फिल्म एकेडेमीबाट २०१९ र २०२० मा अध्ययन गरेको बिद्यार्थीहरुको हालको माहोललाई अध्ययन गर्दै थोरै र बिशेष फिल्मकर्मी, फ्याकल्टी मेम्बर र विद्यार्थीहरुको उपस्थितीमा उच्च स्वास्थ्य सतर्कता अपनाउदै ग्रेजुएशन गरिन लागिएको हो ।

एक बर्ष फिल्म पढेका फिल्मका विद्यार्थीहरुले बनाएको ८ वटा सर्ट फिल्महरुको प्रदर्शन गर्दै ग्रेजुएशन गर्ने कार्यक्रम रहेको कान्तिपुर फिल्म एकेडेमीका सिईओ प्रकाश पुरीले जानकारी दिए ।

जसमा मौसमी गुरुङ्गको ‘खरानी’, सुरेन्द्र सिंहको ‘युवा’, सनोल दासको ‘झोल’, बर्षा पौडेलको ‘सेफ्टी पीन’, अनिश बुढाथोकीको ‘युद्ध जारी छ’, आशिष अधिकारीको ‘ऋतु’, रजिना अर्यालको ‘आखीर कीन रु’ र सौरभ ओलीको ‘कोकनबारी’ प्रदर्शन हुने छ ।

उक्त सर्ट फिल्महरुमा फिल्म एकेडेमी मै अध्ययन गरेका विद्यार्थीहरुको अभिनय, सिनेम्याटोग्राफी र सम्पादन देख्न पाईनेछ । त्यसो त कोरोना र लकडाउनले फिल्मका अन्य क्षेत्र जस्तै फिल्म स्कुल पनी मारमा परेको छ । फिल्म पढ्ने धेरै विद्यार्थीहरुको भविष्य अन्यौलमा परेको छ । पठन पाठन अवरुद्ध भएको छ ।

फिल्म सम्बन्धी क्रियाकलापहरु नभइरहेको यो प्रतिकुल समयमा फिल्म एकेडेमीको यो कदमलाई सकरात्मक लिन सकिन्छ । आजै भाद्र ३ गते नयाँ बानेश्वरको वान सिनेमामा हुने उक्त कार्यक्रममा ४० जना विद्यार्थीहरु ग्राजुएट हुदैछन भने फिल्मका विद्यार्थीहरुलाई हौसला दिन र प्रमाण पत्र वितरण गर्न प्रमुख अतिथीको रुपमा महानायक राजेश हमालको उपस्थित रहने बताइएको छ ।