Kantipur Film Academy Associate with ''On the left bank " Novosibirsk Drama Theater Russia .

Apply Now

News Gallery

कान्तिपुर फिल्म एकेडेमीका विद्यार्थी ग्रेजुएशन

कान्तिपुर फिल्म एकेडेमीको ग्रेजुएशन कार्यक्रम हिजो बिहीबार सम्पन्न भएको छ । एक वर्षको फिल्म सम्बन्धी पठन-पाठन (कोर्स) पढ्न पाइने कान्तिपुर फिल्म एकेडेमीबाट २०१९ र २०२० मा अध्ययन गरेका विद्यार्थीहरूको सिकाई र बुझाई सँगै उनीहरूलाई अझ हौसला प्रदान गर्ने उद्देश्यले अहिलेको कोरोनाको जोखिमलाई मध्यनजर गर्दै केही पत्रकार र विशेष फिल्मकर्मी , फ्याकल्टी मेम्बर र विद्यार्थीहरूको उपस्थितिमा उक्त कार्यक्रमको आयोजना गरिएको थियो ।

जसमा मौसमी गुरुङ्गको ‘खरानी’, सुरेन्द्र सिंहको ‘युवा’, सनोल दासको ‘झोल’, बर्षा पौडेलको ‘सेफ्टी पीन’, अनिश बुढाथोकीको ‘युद्ध जारी छ’, आशिष अधिकारीको ‘ऋतु’, रजिना अर्यालको ‘आखीर कीन ?’ र सौरभ ओलीको ‘कोकनबारी’ प्रदर्शन भएका थिए । उक्त ग्रेजुएशन कार्यक्रममा महानायक राजेश हमालको पनि उपस्थिति थियो उनले ग्रेजुएशन गरेका विद्यार्थीहरूलाई बधाई समेत दिएका छन् ।

सोही कार्यक्रममा राजेश हमालले भनेका छन् कलाकार हुन र कलाकारिता क्षेत्रमा आउनु मात्र ठुलो कुरा होइन यो क्षेत्रमा दिगो भएर रहनु ठुलो कुरा हो । हामीले केही बन्छु भनेर आइसकेपछि एउटा छाप छोड्न सक्नुपर्छ ।

उनले भनेका छन् सिनेमामा आउन भयो धेरै राम्रो हो तर यहाँ थोरै तितोसत्य पनि छ सिनेमा क्षेत्रमा कार्यरत हुनको लागी हरेक समय हरदम हामीले चुनौतीको सामाना गर्नुपर्छ । सिनेमा क्षेत्र विगत दुईवर्ष देखी नै ठप्प छ । यहाँ ग्रेजुएशनमात्र भएर हुन्न नयाँ दिन सक्नुपर्छ । सिकाई सबैको एउटै होला तर त्यो सिकाइबाट फरक सिर्जना दिन सक्नुपर्छ । यहाँ हर कोही अरूको सिर्जना हेर्न आतुर छन् ।

सिनेका एक लोकतान्त्रिक क्षेत्र हो यहाँ जो पनि फिल्ममा प्रवेश गर्न सक्छ जो कोहीले फिल्म खेल्न सक्छ तर कति सम्म त भन्ने पनि हुन्छ त्यसैले आफूलाई प्रोफेसनल बनाउनुस् ।उनले भने आवश्यक पठनपाठनहरूलाई हामीले विभिन्न नयाँ टेक्नोलोजीहरूलाई प्रयोग गरेर विद्यार्थीहरूलाई अध्ययन गराएका छौँ । सोही कार्यक्रममा डाइरेक्शन १६ जना र एक्टिङ १४ जना गरी ३१ जनाले ग्रेजुएशन सक्काएका छन्।