Kantipur Film Academy Associate with ''On the left bank " Novosibirsk Drama Theater Russia .

Apply Now

News Gallery

तेस्रो फिल्म स्क्रिनीङ्ग एवं ग्राजुएसन सम्पन्न

कान्तिपुर फिल्म एकेडेमीले असार २४ गते चलचित्र विकास बोर्डमा विभीन्न चलचित्रकर्मीहरुको उपस्थितीमा आफ्नो तेस्रो फिल्म स्क्रिनीङ्ग एण्ड ग्राजुएसन कार्यक्रम सम्पन्न गर्यो । चलचित्रका विभीन्न विधाहरुमा अध्यापन गराउदै आएको थापागाउँ अवश्थीत कान्तिपुर फिल्म एकेडेमीले फिल्म डाईरेक्सन, फिल्म एक्टीङ्ग, फिल्म एडीटीङ्ग र सिनेम्याटोग्राफीमा १ बर्षे डिप्लोमा कोर्स गरेका ३९ जना विद्यार्थीहरुलाई उक्र कार्यक्रममा दिक्षान्त गर्यो ।
कार्यक्रममा दिक्षान्त भएका विद्यार्थीहरुले बनाएका ७ वटा फिल्महरु प्रदर्शन गरीएको थियो । जसमा अनुरुद्ध दुवाडीको “अर्धलिखीत”, सृजना लिम्बुको “देवकी”, महेश दाहालको “रिभर्स”, निम बहादुर बस्नेतको “हलो”, दिपेन्द्र सुनारको “डिस्टान्ट एण्ड द ड्रिम”, आशिस भण्डारीको “पेन्सील” र पवन थापा मगरको “द बोस” प्रदर्शन गरिएको थियो । प्रदर्शन पछी गरीएको अन्तरकृया कार्यक्रममा उपस्थित चलचित्रकर्मी र अविभावकहरुले विद्यार्थीहरुको कामको खुलेर प्रशंसा गरेका थिए ।

कार्यक्रममा चलचित्रका विद्यार्थीहरुलाई हौसला दिन चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराई, चलचित्रकर्मीहरु, नरेन्द्र महर्जन, रमेश बुढाथोकी, छविराज ओझा, गोपालकाजी कायस्थ, मुकुन भुषाल “चोपेन्द्र”, दिपक बज्राचार्य, नवल नेपाल, बिष्णु कल्पित, प्रदिप श्रेष्ठ, बिजय रत्न तुलाधार लगायत थुप्रै चलचित्रकर्मीहरु पुगेका थिए ।

हरेक बर्ष गरीने यो खाल्को कार्यक्रममा विद्यार्थीहरुको काम हेर्न पाईने, उनिहरुलाई चलचित्र क्षेत्रको अवसर चुनौतीहरुको बारेमा बझाउन पनी पाईने र सँगै राम्रो गर्नेहरुलाई हौसला पनी मील्ने भएकोले विद्यार्थीहरुको कोर्सको अन्त्यमा उनिहरुले बनाएको फिल्म प्रदर्शन गर्दै यो खाल्को कार्यक्रमहरु गर्ने गरेको एकेडेमीका सिईओ प्रकाश पुरीले बताए ।