Kantipur Film Academy Associate with ''On the left bank " Novosibirsk Drama Theater Russia .

Apply Now

News Gallery

नेपाली सर्ट फिल्म अमेरिकी फेस्टिभलमा छनोट

वैशाख १७, २०७४- परिच्छेद सेनको लेखन, निर्देशनमा बनेको ६० सेकेन्डको फिल्म ‘स्ट्राइक’ अमेरिकाको टेक्सासमा हुने बार्षिक रुपमा हुने एकदमै छोटो फिल्म फेस्टिभल औंरोराज (औरोराज एनुअल एक्स्टि्रम्ली सर्ट फिल्म फेस्टिभल) मा छनोट भएको छ ।

विश्वभरका एकसय ८५ फिल्ममध्ये स्ट्राइक छनौट भएको हो । चलचित्र कान्तिपुर एकेडेमीले निर्माण गरेको हो ।

एक मिनेटको उक्त चलचित्रले जनताको अधिकारको नाममा हुने बन्दले जनताको अधिकार हनन् गरेको बिषय उठान गरेको छ ।

केही नेपाली चलचित्रमा सहायक निर्देशकको रुपमा काम गरेका परिच्छेद नीर शाहको निर्माणमा बन्न लागेको फिल्म एक्स पार्कमार्फत व्यवसायिक फिल्म निर्देशनमा डेब्यू गर्दैछन् ।

प्रकाशित: वैशाख १७, २०७४

 Source:kantipur.ekantipur.com