Kantipur Film Academy Associate with ''On the left bank " Novosibirsk Drama Theater Russia .

Apply Now

News Gallery

परिच्छेदको “स्ट्राईक” ले जित्यो २ अन्तराष्ट्रिय अवार्ड , रसियामा निर्देशन पढ्न अफर

सिनेनगरी डटकम
केहि समय अगाडी युटुबमा रिलिज गरिएको परिच्छेद सेनको चलचित्र “स्ट्राईक” ले अमेरिकाको दुई वटा फिल्म कम्पिटिशनमा अवार्ड जित्न सफल भएको छ । अमेरिकाको मेरिल्याण्ड्मा वासिन्टन कलेजले आयोजना गरेको “60 second film festival” मा परिच्छेद सेनको चलचित्र “स्ट्राईक” फर्स्ट प्राईज बिजेता बनेको छ भने अमेरिकाकै होस्टन्मा अरोरा पिक्चर्सले आयोजना गरेको “Extremely Shorts Film Festival 2017” मा समेत सपेसल जुरी अवार्ड बिजेता बन्न सफल भएको छ ।

मेरिल्यान्डको वाशीन्टन केलजमा मे ५ मा प्रतियोगितामा भिडेका चलचित्रहरुको प्रदर्शनी गरिएको थियो । उक्त कम्पिटिशनमा “Steppin’Out” र “Ukrainian Make Up History” ले सेकेन्ड र थर्ड प्राईज जितेका छन् । त्यसै गरी होस्टनमा मे १९ र २० मा प्राईभेट र पब्लिक गरी दुई पटक सम्म उक्त चलचित्रलाई प्रदर्शन गरिएको थियो । त्यहाँ अडियन्स द्वारा प्रत्यक्ष भोटिङ गरिएको थियो । त्यहि अडियन्स च्वाइस अवार्ड अन्तर्गत अमेरिकाबाट “Thinker” , टर्कीबाट “Penaber” , इटालीबाट “Remember Everything, ले क्रमस फस्ट , सेकेन्ड र थर्ड अडियन्स च्वाइस अवार्ड जितेका छन । परिच्छेदको “स्ट्राइक” विश्वोभरबाट आएका १८५ फिल्मलाई पछी पार्दै जुरी अवार्ड विनर बनेको हो ।

परिच्छेद सेन अहिले कान्तिपुर फिल्म एकेडेमीमा चलचित्र निर्देशन सम्बन्धि अध्यन गरिरहेका छन् । यसै गरि उनको कुशल क्षेमताको कारण उनलाई उनलाई रसियाको “Novosibirsk state institute” ले निर्देशन अध्यनका लागि पूर्णरुपले स्कलरसिप प्रदान पनि गरिसकेको छ ।