Kantipur Film Academy Associate with ''On the left bank " Novosibirsk Drama Theater Russia .

Apply Now

News Gallery

फ्लोरमा ‘म’

कान्तिपुर फिल्म एकेडेमीले निर्माण फिल्म ’म’ छायांकन सुरु भएको छ । आईतबारदेखि ललितपुरको गोदावारीबाट फिल्मको छायाँकन सुरु भएको हो । अभिनेत्री सरिता लामीछाने र डेब्यु नायक सञ्जोग रसाईलीले छायाँकनको पहिलो दिन शट दिए । फिल्मका निर्देशक परिच्छेद सेन हुन् ।

फिल्म ‘म’ मा बरिष्ठ कलाकार तथा पाइलट विजय लामा, समर लभ नायिका रेवती क्षेत्री, मेरी मामु नायिका कुसुम गुरुङ्ग, मारुनी नायिका रेवीका गुरुङ्गसँगै अनिल कंडेल, रामबाबु रेग्मी, सुन्दर धिताल, पवन भट्टराई लगायतको अभिनय छ । धेरै राष्ट्रिय तथा अन्तराष्ट्रिय फिल्म फेस्टिवलहरुमा अवार्ड जित्न सफल लघु फिल्महरु बनाएका सेनले यसै फिल्मबाट फिचर फिल्मको निर्देशनमा डेब्यू गरेका हुन् । उनले यसअघि दर्जनौँ फिचर फिल्महरुमा मूख्य सहायक निर्देशन समेत गरेका थिए ।

लामो समय देखी फिल्मका सम्पूर्ण विधामा अध्यापन गराउँदै आएको कान्तिपुर फिल्म एकेडेमीले निर्माण गर्न लागेको यो पहिलो फिल्म स्वरुप म निर्माण गर्न लागेको हो । फिल्मसँगै अब देखी हरेक बर्ष एकेडेमीले फिल्म निर्माण गर्ने र सम्भावना भएका विद्यार्थीहरुलाई अवसर दिने योजना रहेको एकेडेमीका सिईओ प्रकाश पुरीले जानकारी गराए ।

निर्देशक परिच्छेद सेनसँगै ’म’का सिनेम्याटोग्राफर तेन्जीन पाल्देन, एडिटर सुवीज्ञ सुन्दर श्रेष्ठ लगायत अधिकांश कलाकार र टेक्निसीयनहरु एकेडेमीबाटै फिल्म निर्माण पढेका हुन । यही बर्षको अन्त्य तिर प्रदर्शन गर्ने लक्ष्य राखीएको फिल्मलाई पदम पुरीले निर्माणमा सहयोग गर्दैछन् ।