Kantipur Film Academy Associate with ''On the left bank " Novosibirsk Drama Theater Russia .

Apply Now

News Gallery

‘मीरा’बाट नाटकमा डेब्यु गर्दै रेखा थापा

काठमाडौं । लामो समयदेखि फिल्मको पर्दामा कुशल अभिनेत्रीको छवि बनाएकी अभिनेत्री रेखा थापालाई अब नाटकमा पनि देख्न पाइने भएको छ । कान्तिपुर थिएटरले मंचन गर्न लागेको नाटक ‘मीरा’बाट उनले डेब्यु गर्न लागेकी हुन् ।नाटकको मुख्य भूमिकामा रेखाले अभिनय गर्न लागेकी हुन् । यो नाटकको रिहर्सल र रिडिङ सुरु भैसकेको छ । रेखाले पनि केही दिनअघि सामाजिक संजालमा ‘रेखा कि मीरा’ लेखिएको पोस्टसहितको फोटो सेयर गरेकी थिइन् ।जेठ १५ गतेदेखि असार ७ गतेसम्म मंचन हुने नाटक दीपक सिंजालीद्धारा लिखित उपन्यास ‘मीरा’मा आधारित हुनेछ । नाटकमा एक महिलाको परिवार र समाजसँगको विद्रोहको कथा छ ।नाट्य रुपान्तरण र निर्देशन सुन्दर धितालले गर्दैछन । अन्य पात्रहरुको बारेमा केही दिनमा सार्वजनिक गरिने कान्तिपुर थिएटरले जानकारी गराएको छ ।

रेखाको डेब्यु हुने भएकाले पनि यो नाटक दर्शकमाझ प्रतीक्षित हुनसक्छ । फिल्म पठनपाठन गराउँदै आएको कान्तिपुर फिल्म एकेडेमीले स्थापना गरेको उक्त थिएटरलाई गत महिना अभिनेता राजेश हमालले शिलान्यास गरेका थिए ।सोही दिन नाटक घर उद्घाटन हुने कान्तिपुर फिल्म एकेडेमीका सीइओ प्रकाश पुरीले जानकारी दिए । उनका अनुसार उक्त थिएटरमा व्यवसायिक नाटक मंचन र एकेडेमीका विद्यार्थीले तयार पारेका नाटक पनि देखाइनेछ ।