Kantipur Film Academy Associate with ''On the left bank " Novosibirsk Drama Theater Russia .

Apply Now

News Gallery

हरिबंश आचार्यले उद्घाटन गरे कान्तिपुर फिल्म एकेडेमीको ईटहरी शाखा

प्रदेश नं १ को सुन्दर शहर इटहरीमा फिल्मका बिभिन्न बिधा अध्ययन गर्न चाहने बिद्यार्थिहरुमा खुसि छाएको छ । बरिष्ठ कलाकार हरिवंश आचार्यको प्रमुख आतिथ्यता तथा कान्तिपुर फिल्म एकेडेमिका अध्यक्ष छबिराज ओझाको अध्यक्षतामा सम्पन्न उक्त उद्घाटन कार्यक्रममा पूर्वका बिभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्ति, हल सञ्चालक, साहित्यकार एवं सञ्चारकर्मिको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा कान्तिपुर फिल्म एकेडेमीका अध्यक्ष छविराज ओझाको साथमा हल संचालक, साहित्यकार, पत्रकारको उपस्थिती थियो । चलचित्र सम्बन्धी अध्ययन गर्न चाहनेहरुका लागि कान्तिपुर फिल्म एकेडेमीले इटहरीमा शाखा खोलेको सीइओ प्रकाश पुरीले जानकारी दिए ।