Kantipur Film Academy Associate with ''On the left bank " Novosibirsk Drama Theater Russia .

Apply Now

News Gallery

यस्तो छ सस्पेन्स बोकेको ‘म’ को पोस्टर

कान्तिपुर फिल्म एकेडेमीले पहिलो पटक निर्माण गरेको फिल्म ‘म’को दुईवटा पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा नव-अभिनेता संजोग रसाइलीलाई केन्द्रमा राखिएको छ । उनको लुक्सले कौतुहलता पैदा गर्छ । फिल्मका अन्य कलाकारहरु सरोज खनाल, निशा अधिकारी, रुविना थापा, निराजन प्रधान, सविन श्रेष्ठ, नरेन खड्का, सरिता लामिछाने र पुनम श्रेष्ठलाई पनि पोस्टरमा स्थान दिइएको छ ।
movie 'ma'
दुईवटै पोस्टर हस्पिटलको सेटिङ्ग प्लेस्मेन्ट गरेर ब्लू टोनमा तयार पारिएको छ भने स्याडोमा सबै क्यारेक्टरहरुको रिफ्लेक्सन राखिएको छ । राकेश दाहालले डिजाइन गरेको पोस्टरले फिल्म सस्पेन्स कथामा निर्माण भएको बझाउँछ । गत महिना सार्वजनिक भएको टिजरले दर्शकमा फिल्मप्रति कौतुहलता जगाएको थियो । टिजर र पोस्टर दुवै ‘रेगुलर’ फिल्मभन्दा फरक देखिएको छ ।
टिजरको आधारमा कोही एक क्रिमिनल विरामी भएर हस्पिटलमा भर्ना हुन्छ र उसले त्यहाँबाट कुनै ठूलो प्लानलाई अपरेसन गर्छ । तर, उसले बनाएको प्लान के हो र के गर्छ भन्ने चाहिँ टिजरमा पनि सस्पेन्स छोडिएको छ । टिजर हेर्दा हस्पिटलको एउटै लोकेशनमा कथाको अधिकांश दृश्य सकिएको देखिन्छ । साउन २० गतेबाट प्रदर्शनमा आउन लागेको फिल्मका निर्देशक सुवर्ण थापा हुन् ।
movie 'ma'
तेन्जिङ्ग पाल्देनको छायांकन र बनिश शाहको सम्पादन रहेको फिल्मको निर्मातामा बिमला हुमागाईं र पदम पुरी छन् । कान्तिपुर सिनेमाजको प्रोडक्सन र कान्तिपुर फिल्म एकेडेमीको प्रस्तुतिमा निर्माण भएको फिल्मको क्रियटिभ निर्माता तथा लेखक प्रकाश पुरी हुन् । फिल्म बनाउन सिकाउने स्कुलले निर्माण गरेका कारण ‘म’को विषयवस्तु र प्रस्तुतीकरण केही नयाँ र फरक हुने अपेक्षा गरिएको छ ।