Kantipur Film Academy Associate with ''On the left bank " Novosibirsk Drama Theater Russia .

Apply Now

News Gallery

२६ दिनमा सकियो ‘म’ को छायांकन

२४ माघ, काठमाडौं । चलचित्र ‘म’को छायांकन सकिएको छ । छायांकन सुरु भएको २६ औं दिनमा काम सकिएको निर्माणपक्षले बताएको छ । कान्तिपुर फिल्म एकेडेमीले तीन वर्षअघि  निर्माण घोषणा गरेर केही प्रतिशत छायांकन सकेपछि यो चलचित्रको काम रोकिएको थियो । तीन वर्षपछि नयाँ कलाकार लिएर नयाँ कथामा यो चलचित्रको काम गरिएको छ ।

यो चलचित्रमा निशा अधिकारी, रुविना थापा, सविन श्रेष्ठ, निराजन प्रधान, पुनम श्रेष्ठ, संजोग रसाइली, नरेन खड्का, सरोज खनाल र सरिता लामिछानेको मुख्य भूमिका छ । चलचित्रको निर्माता विमला हुमागाईं र पदम पुरी हुन् । तेञ्जिङ्ग पाल्देनको छायांकन रहेको यो चलचित्रलाई आगामी जेठ महिनामा रिलिज गर्ने निर्माणपक्षले बताएको छ । ओेमिक्रोन र सरकारको निषेधाज्ञाका बाबजुद पनि यो चलचित्रको काम सहज ढंगले सकिएको चलचित्रका लेखक प्रकाश पुरीले बताए । यो चलचित्रलाई सुवर्ण थापाले निर्देशन गरेका हुन् । चलचित्रले मानिसभित्रको कथा भन्ने बताइएको छ ।

तेस्रो चरणको स्मार्ट लकडाउनको समयमा सरकारले हल बन्द गरेपनि चलचित्र छायांकन भने रोकेको थिएन । यसैले पनि यो चलचित्रको छायांकन पूरा गर्न निर्माणपक्षलाई सहज भएको हो ।

Source: Online Khabar