Kantipur Film Academy Associate with ''On the left bank " Novosibirsk Drama Theater Russia .

Apply Now

News Gallery

रेखा थापाको रंगमञ्च डेब्यु ‘मीरा’ सुरु, कान्तिपुर थियटरको भव्य उद्घाटन सम्पन्न

तस्बिर–कान्तिपुर फिल्म एकेडेमीको पेजबाट

नेपाली फिल्मकी चर्चित अभिनेत्री रेखा थापाले रंगमञ्चमा डेब्यु गरिसकेकी छन्। उनी अभिनीत पहिलो नाटक ‘मीरा’ को मञ्चन सोमबार (असार २ गते) बाट सुरु भइसकेको छ।

नक्साल, गैह्रिधारास्थित ‘कान्तिपुर थियटर’ मा पहिलो दिन साँझ ५:३० बजे नाटक मञ्चन गरिएको थियो। सो अवसरमा वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य को प्रमुख आतिथ्यमा कान्तिपुर थियटर को पनि भव्य रूपमा उद्घाटन सम्पन्न भयो।

दीपक सिञ्जालीद्वारा लिखित उपन्यासमा आधारित यस नाटकको परिकल्पना तथा निर्देशन सुन्दर धितालले गरेका हुन्। नाटकका निर्माता रमेश पुरी हुन्।

‘मीरा’ मा रेखा थापासँगै विशाल पहारी, बिन्दा खतिवडा, विशाल देवकोटा, गीत विष्ट, डोरेश खतिवडा, उन्नत उप्रेती र सुनिल खड्का को पनि सशक्त अभिनय देख्न पाइन्छ।

नाटक असार ७ गतेसम्म प्रत्येक दिन (बुधबार बाहेक) नियमित रूपमा मञ्चन भइरहनेछ।

कान्तिपुर थियटर, कान्तिपुर फिल्म एकेडेमी द्वारा सञ्चालनमा ल्याइएको नयाँ सांस्कृतिक स्थल हो, जसले नाटक मञ्चन, प्रशिक्षण र रंगमञ्चको प्रवर्द्धन गर्ने उद्देश्य राखेको छ।