Kantipur Film Academy Associate with ''On the left bank " Novosibirsk Drama Theater Russia .

Apply Now

News Gallery

‘शिरीषको फूल’ नाटक – जीवन लुइँटेल र सनिशा भट्टराई मुख्य भूमिकामा

काठमाडौं – कान्तिपुर फिल्म एकेडेमीले मञ्चन गर्न लागेको दोस्रो नाटक ‘शिरीषको फूल’ को पहिलो झलक सार्वजनिक गरिएको छ। पारिजातको चर्चित उपन्यासमा आधारित यो नाटक श्रावण ८ गतेदेखि श्रावण महिनाभरि प्रत्येक दिन साँझ ५:३० बजे कान्तिपुर थिएटर, गैह्रीधारा (कान्तिपुर फिल्म एकेडेमी परिसर) मा मञ्चन गरिनेछ।

नाटकमा अभिनेता जीवन लुइँटेल सुयोगवीर, अभिनेत्री सनिशा भट्टराई सकम्बरी र अभिनेता राज न्यौपाने शिवराजका भूमिकामा देखिएका छन्। रिहर्सलका तस्वीरहरूमा उनीहरू आ-आफ्नो चरित्रमा जीवन्त रुपमा प्रस्तुत भएका छन्।

साहित्यिक गहिराइ र सामाजिक मनोविज्ञानलाई उजागर गर्ने यस नाटकको लेखन तथा निर्देशन पत्रिका घिमिरेले गरेकी हुन् भने निर्माण रमेश पुरीको रहेको छ।

कान्तिपुर फिल्म एकेडेमीको प्रस्तुति रहेको यो नाटकले साहित्य र रंगमञ्चप्रेमी दर्शकहरूका लागि विशेष आकर्षण बन्ने अपेक्षा गरिएको छ।

 

May be an image of 3 people and text

May be an image of 2 people and text

May be an image of 3 people and text

May be an image of 2 people and text

May be an image of 3 people