Kantipur Film Academy Associate with ''On the left bank " Novosibirsk Drama Theater Russia .

Apply Now

News Gallery

‘स्ट्राइक’ लाइ अन्तराष्ट्रिय फिल्म फेष्टिभलहरुमा अवार्डको बर्षा

परिच्छेद सेनको फिल्म ” स्ट्राइक” अमेरिकाको दुई वटा फिल्म कम्पिटिशनमा अवार्ड जितेको छ । अमेरिकको मेरिल्याण्ड्मा वासिन्टन कलेजले आयोजना गरेको 60 second film festival मा फर्स्ट प्राईज बिजेता बनेको छ भने अमेरिकाकै होस्टन्मा अरोरा पिक्चर्सले आयोजना गरेको Extremely Shorts Film Festival 2017 सपेसल जुरी अवार्ड बिजेता बनेको छ ।

मेरिल्यान्डको वाशीन्टन केलजमा यहि may 5 मा प्रदर्शन भएको थियो । उक्त कम्पिटिशनमा “Steppin’Out” र “Ukrainian Make Up History” ले सेकेन्ड र थर्ड प्राईज जितेका छन् । त्यसै गरी होस्टनमा मे १९ र २० मा प्राईभेट र पब्लिक गरी दुइ टाइम पर्दशन गरिएको थियो । यहाँ अडियन्स द्वारा प्रत्यक्ष भोटिङ गरेको थीयो र त्यहि अडियन्स च्वाइस अवार्ड अन्तर्गत अमेरिका बाट “Thinker” ,टर्कीबाट “Penaber” , ईटलि बाट “Remember Everything, ले क्रमस फस्ट , सेकेन्ड र थर्ड अडियन्स च्वाइस अवार्ड जितेका छन ।
परिच्छेदको “स्ट्राइक” बिस्वभर बाट आएका १८५ फिल्मलाई पछी पर्दै जुरी अवार्ड विनर बनेको छ । परिच्छेद सेन अहिले कान्तिपुर फिल्म एकेडेमिमा फिल्म डिरेक्सन पढिरहेका छन र उनलाइ रसियाको Novosibirsk state institute ले निर्देशन अध्यनकालागि स्कलरसिप प्रदान पनि गरिसकेको छ ।