Kantipur Film Academy Associate with ''On the left bank " Novosibirsk Drama Theater Russia .

Apply Now


Notice: Undefined variable: page_title in /home/kantipur/public_html/wp-content/themes/kantipur/single.php on line 19

साइको, सस्पेन्स थ्रीलर वेब सिरिज ‘मिस स्कार्लेट’ को छायांकन सुरु

साइको, सस्पेन्स थ्रीलर वेब सिरिज ‘मिस स्कार्लेट’ को छायांकन बिहीबारदेखि वीरगन्जबाट सुरु भएको छ । मधेसको मुख्य पात्र भएको कथामा वीरगन्ज कै टोन र सेटिङमा डेब्यु निर्देशक बलिराम चौहानको निर्देशनमा कान्तिपुर फिल्म एकेडेमीले मिस स्कार्लेटको निर्माण गरेको हो ।

सिरिजको मुख्य भूमिकामा गित विष्ट लगायत कुल श्रेष्ठ, कमल ओझा, आलिशा बास्तोला, सबी थापा, दिलीप नेपाल, सुमित्रा अधिकारी, कपिल रसाइली, रोज खत्री लगायतको अभिनय रहेको छ ।

नेट्फ्लिक्स, प्राइम भिडियो, हट स्टार जस्ता ओटिटि प्लाट्फर्महरुले विश्व बजारमा युवाहरूलाई सिरिज हेर्ने बानी बसालिसकेको अवस्थामा कान्तिपुर फिल्म एकेडेमीको आफ्नै मौलिक कथाहरूमा सिरिज बनाउने यो कदम नेपालको लागि नौलो पक्कै हुन सक्छ । एकेडेमीले यो भन्दा अगाडि “म” बनाएको थियो ।

यस सिरिजलाई “टलक जङ भर्सेज टुल्के” का सिनेम्याटोग्राफर शेर बहादुर तामाङले खिचिरहेका छन् । पुरै सिरिज वीरगन्ज मै छायांकन गरिने मिस स्कार्लेट को पहिलो सिजन ६ एपिसोड को हुने निर्माण टिमले जानकारी दिएको छ ।

“मिस स्कार्लेट” सङै कान्तिपुर फिल्म एकेडेमी बाट अन्य ४ वटा स्क्रिप्टमा हाइ बजेट सिरिजहरू पनि बन्न लागेको एकेडेमीका सिइओ प्रकाश पुरिले मेरो फिल्मलाई जानकारी दिए । यी सिरिजहरू कुन प्लाट्फर्ममा कहिले बाट रिलिज हुन्छ भन्ने विशेषमा सबै सिरिजको सुटिङ सकेर चाडै अनाउन्स्मेन्ट गरिने बताइएको छ ।